विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा ५० खर्ब लगानी पुग्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नव निर्वाचित कार्यसमितिसँगको भेटमा अध्यक्ष सिंहले यस्तो बताएका हुन् । हालसम्म ऊर्जा क्षेत्रमा १२ खर्ब रुपैयाँ लगानी पुगेको बताएका उनले ५० खर्ब रुपैयाँ लगानी पुग्दा नियामकको पनि काम बढ्ने बताए…