चालु वर्षको मौद्रिक नीतिका कार्यदिशालाई यथावत राख्दै अर्धवार्षिक समीक्षा सार्वजनिक

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिका कार्यदिशालाई यथावत राख्र्दै अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार वेबसाइटमार्फत मौद्रिक समीक्षा सार्वजनिक गरेको हो। राष्ट्र बैंकले सजगतापूर्वक कसिलो नीतिगत कार्यदिशा लिइएका कारण शोधनान्तर स्थितिमा क्रमशः सुधार आउन गई २०७९ असोजदेखि बचतमा रहन थालेको जनाएको छ । उपभोक्ता मूल्य वृद्धिदरमा पनि केही कमी आउन…