अब देखि नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालन अनुमति पत्र खारेज भएका वा रद्ध गरिएको दूरसञ्चार सेवा प्रदायकको सम्पति बिक्री गरी सम्पति व्यवस्थापन गर्न सक्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयारी पारेको अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पति व्यवस्थापन नियमावली २०७९ लाई सरकारले राजपत्रमा प्रकाशन गरी प्राधिकरणले सम्पति व्यवस्थापनको बाटो खुला गरेको हो…