दशैं सक्किएर तिहार नजिकिँदै गर्दा पनि नेपाली सेयरबजारका लगानीकर्ताहरुको मुहारमा खुशी झल्किएको छैन । नेपाली अर्थतन्त्रमा बाह्य क्षेत्रमा परेको दबाबका कारण वित्तीय क्षेत्रमा समेत प्रभाव परेको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदा त्यसको प्रत्यक्ष असर पुँजीबजारमा परेको छ । सेयरबजार ओरालो लाग्दै गर्दा छोटो समयमा धेरै नाफा कमाउने आशामा लगानी गरेका र बजार…